सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छः प्रधानमन्त्री

अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छः प्रधानमन्त्री

खबरब्रकिंग,काठमाडौं,जेठ २६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रको सहकार्य बिना समृद्धि असम्भव रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले बुटवल हिल्सद्वारा प्रवर्द्धित लुम्बिनी केबलकारको उद्घाटन गर्दै आफू नेतृत्वको सरकारले देश विकास र समृद्धिको यात्रामा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न चाहेको बताए ।

‘म निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनालाई हरेक समय खुला राख्ने पक्षमा छु’, उनले भने, ‘कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छ ।’ उनले सरकारले यसअघि निजी क्षेत्रका लागि विभिन्न आर्थिक प्याकेज ल्याएको समेत बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend