फाइल फोटो
खबरब्रेकिंग, काठमाडौँ , जेठ २५ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आज दिउँसो साढे दुई बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन ।उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछन् ।
मन्त्री मोदीका प्रेस संयोजक बुद्ध लोप्चनले कार्य प्रगती विवरण सार्वजनिक गर्नका लागि दिउँसो साढे दुई बजे पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी दिए ।
मोदीले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend