सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सफ्टवेयर बन्द भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम ठप्प

सफ्टवेयर बन्द भएपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काम ठप्प

खबरब्रेकिंग, काठमाडौँ, जेठ २० गते । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ । परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको सम्झौता थप हुन नसक्दा परिचयपत्र निर्माणसम्बन्धी सम्पूर्ण काम अवरोध भएको हो ।

राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी सर्भरमा समस्या आएको बताउँदै सोको व्यवस्थापन भइरहेको जानकारी दिए । उनले भने, ‘सर्भरमा समस्या आएको हो । त्यसको व्यवस्थापन हुँदै छ ।’

राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी ुअपरेसनु गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिएको हो। उनले भने, “हामीले ुकोर्डिनेटु गरिरहेका छौं ।” उनका अनुसार सम्झौताको अवधि आठ महिनाअघि नै समाप्त भइसकेको हो । सो कम्पनीसँग कहिले नवीकरण हुन्छ रु भन्ने जिज्ञासामा उनले भने, “नवीकरणको प्रक्रिया सुरु नभएको होइन, अलिकति ढिलो मात्र भएको हो। ू उहाँले परिचयपत्र निर्माणसम्बन्धी काम छि‌ट्टै सुरु हुने बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend