नेपाल आर्थिक पत्रकार संघको नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा सम्पन्न चौथो महासभाले सिताराम भट्टराईको अध्यक्षतामा नाफिजको नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । अध्यक्षमा भट्टराईसहित उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् । यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् ।

कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् । महासभाले १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ । कार्यसमिति सदस्यहरुमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रिना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणिन्द्र दाहाल सर्वसम्मतले निर्वा्चित भएका छन् ।
नव निर्वा्चित पदाधिकारीहरुलाई सुचना तथा सञ्चार मन्त्री बास्कोटाले खादा तथा प्रमाणपत्र वितरण गर्दै बधाई तथा शुभकामना दिएका थिए । विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तालिमहरु आयोजना गर्ने, मुलुकको आर्थिक समृद्धिका लागि आर्थिक बहसका कार्यक्रमहरु चलाउने र तथ्यमा आधारित समाचार लेख्न आर्थिक पत्रकारहरुलाई प्रोत्साहन गर्ने लगायतका योजना नाफिजको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend