ललितपुर । स्टार हस्पिटल लिमिटेडका अध्यक्ष किशोर कुमार महर्जनले अस्पताललाई भौतिक सुविधा सम्पन्न र गुणस्तरिय स्वास्थ्यसेवाको केन्द्र बनाइने बताएका छन । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कम्पनीको १३औं वार्षिक साधारणसभामा उनले आगामी वर्षहरुमा सदस्यहरुलाई लाभांश प्रदान गर्नसक्ने गरि अस्पतालको सेवा विस्तार गर्ने रणनीतिमा काम गरेको बताए ।
जेठ १४ गते आइतबार सम्पन्न साधारणसभाले स्टार हस्पिटल लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनहरु छलफल र सुझावसहित पारित गरेको छ।
कम्पनीले हाल सुविधासम्पन्न स्टार हस्पिटल सानेपाका साथै नुवाकोट त्रिशुलीमा ५० शैयाको स्टार नुवाकोट अस्पताल र शैक्षिक संस्थाहरु स्टार एकेडेमी ,मोडर्न टेक्निकल कलेज र इनोभेटिभ कलेज अफ हेल्थ साइन्स संचालन गरिरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend