काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले तोके बमोजिमको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्था वा कम्पनीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै श्रममन्त्री बिष्टले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै जाने बताए ।
बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सेवा उद्योगको विकास र विस्तार गर्दै व्यवस्थित बनाउन आवश्यक रहेकामा जोड दिँदै मन्त्री बिष्टले ती क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि सामाजिक सुरक्षाले समेट्ने गरी अघि बढ्ने उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend