प्रजातान्त्रिक विचार समाजको हालै सम्पन्न महाधिवेशनले कुल चन्द्र वाग्लेलाई अध्यक्षमा निर्वाचित गरेको छ।समाजको यहि जेष्ठ तीन र चार गते काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षसहित ३६ सदस्यीय ‘कार्यकारिणी समिति २०८०-२०८३ ‘ को सर्वसम्मत चयन गरेको हो।

समाजका नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा डा.ईश्वरी राज लौडारी र गोकर्ण अर्याल , उपाध्यक्षमा श्रीकृष्ण के.सी. , महासचिव डा. वासुदेव भण्डारी , कोषाध्यक्ष पुष्पमान श्रेष्ठ र सचिवमा प्रा.डा.अक्कलदेव मिश्र लगायत रहेका छन् ।
महाधिवेशनको उद्घाटन पुर्वराष्ट्रपति रामवरण यादवले गरेका थिए। कार्यक्रममा डा.सुरेश मल्ललाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend