शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रजातान्त्रिक विचार समाजको १२औं महाधिवेशन जेष्ठ ३ र ४ गते काठमाडौंमा हुने

प्रजातान्त्रिक विचार समाजको १२औं महाधिवेशन जेष्ठ ३ र ४ गते काठमाडौंमा हुने

काठमाडौं । प्रजातान्त्रिक विचार समाजको बाह्रौ महाधिवेशन यहि जेष्ठ तीन र चार गते बसुन्धराको दियालो पार्टी प्यालेसमा हुँदैछ। महाधिवेशनको उदघाटन पूर्वराष्ट्रपति डाक्टर रामबरण यादवले गर्ने तय भएको छ । देशभरका तीनसय बढि प्रतिनिधिको सहभागिता रहने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । २०५२ सालमा स्थापना भएको संस्थाले २०७२ सालदेखि प्रत्येक बर्ष प्रदान गर्दै आएको लोकतान्त्रिक योद्दा सम्मानबाट यो वर्ष डाक्टर सुरेश मल्ललाई सम्मानित गर्ने भएको छ । समाजले उक्त सम्मानका लागि १० लाखको अक्षयकोष खडा गरेको महासचिव गोकर्ण अर्यालद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

प्रत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले समाजको कुनै दलगत आबद्धता नरहेको प्रष्टयाए । कतिपयले कांग्रेसको शुभेक्छुक संस्थाका रुपमा समाजलाई लिने गरेको भन्दै केसीले समाज विशुद्ध लोकतन्त्र,मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि प्रतिबद्ध संस्था भएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले समाजको स्थापना देखी हाल सम्मका गतिबिधी बारे प्रकाश पार्दै समाजमा हुने विकृति विसंगति र बेथितिका बिरुद्ध समाजले निरन्तर खबरदारी गर्दै आएको र आगामी दिनमा पनि खवरदारी गर्दै समाजको उद्धेश्य पुुर्ति गराउन दलगत आबद्धता भन्दा माथि उठेर वैचारिक बहस र छलफललाई निरन्तरता दिने बताए ।

समाजको बाह्रौ राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा समाजले राजधानिमा गरेको पत्रकार सम्मेलनमा समाजले गरिरहेका गतिबिधी र आगामी कार्ययोजना बारे समेत जानकारी दिएको हो। समाजले पछिल्लो नक्कली भुटानी प्रकरण राज्यद्रोहका स्तरमा भएको भन्दै यस प्रकररणमा जोडिएका जोकोहि माथिबिना मोलाहिजा निर्मम ढंगले कारबाहि गर्न सरकार र सम्बन्धित निकाय संग जोडदार माग गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend