खबरब्रेकिंग, काठमाडौँ, जेठ १ गते । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी गराएका छन् । आइतवार बुढानिलकण्ठवाट पक्राउ परी सोह्रखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको थियो । सो जानकारीपछि सोमबार सभामुख घिमिरले उनी पक्राउ परेको संसद बैठकलाई जानकारी गराएका हुन् ।
सभामुखले सो जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी ११ दिन देखी फरार रहेका थिए । उनलाई हिजो मात्रै पक्राउ गरिएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend