सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देश बनाउन कुरा भन्दा कामको जरुरीः मन्त्री बाँस्कोटा

देश बनाउन कुरा भन्दा कामको जरुरीः मन्त्री बाँस्कोटा

काभ्रे – सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले देश बदल्नको लागी कुराभन्दा कामको जरुरी भएको बताएका छन् । मन्त्री बाँस्कोटाले काभ्रेकोे नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दे सरकारले जनभावना अनुसार धेरै काम गरेको दावी गदै सरकारको आलोचना गर्नु केवल बिरोध मात्र भएको बताए ।

सरकारले योजना सहित काम गरेको बताउदै उनले अवको पाच बर्ष भित्र सरकारले बाचा गरेका काम सवै गरेर देखाउने समेत दावी गरे । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको र ९२ प्रतिशत हिंसाहरु आफन्तबाट भएको तथ्यांक रहेको र सबै ठाउँमा सरकार र प्रहरी पुग्न नसक्ने भएकाले धेरै आलोचना नगर्न मन्त्री बास्कोटाले अनुरोध समेत गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend