सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सबै तहका भ्रष्टाचारको छानबिन र कारबाही गर्न शक्तिशाली जनलोकपालको व्यवस्था हुनु पर्छः भट्टराई

सबै तहका भ्रष्टाचारको छानबिन र कारबाही गर्न शक्तिशाली जनलोकपालको व्यवस्था हुनु पर्छः भट्टराई

खबरब्रेकिंग,काठमाडौं, बैशाख २८ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नागरिकलाई अनागरिक बनाएर विदेशमा मानवतस्करी गर्ने कार्य निकृष्टतम अपराध रहेको बताएका छन्। पार्टीको तर्फबाट वक्तव्य जारी गर्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सबै तहका भ्रष्टाचारको छानबिन र कारबाही गर्न शक्तिशाली जनलोकपालको व्यवस्था हुनुपर्ने बताए।

चौतर्फी भ्रष्टाचार, अनियमितता, राज्यशक्तिको दुरुपयोग, सार्वजनिक सम्पतिको दोहन, कमिशनखोरी आदि विकृति नेपालको अति गम्भीर समस्या बनेको उनले बताए। कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई फसाउन नहुने उनको भनाइ छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend