खबरब्रेकिंग, काठमाडौँ,बैशाख २७ गते । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार पचास रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend