शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

लिवर्टी इनर्जी कम्पनी लिमिटेडमा नयाँ संचालक समिति

लिवर्टी इनर्जी कम्पनी लिमिटेडमा नयाँ संचालक समिति

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडमा नयाँ संचालक समितिको चयन भएको छ। वैशाख २५ गते सोमबार सम्पन्न कम्पनीको ११औ, १२औं र १३औं संयुक्त साधारणसभाले संस्थापक, सर्वसाधारण र विज्ञ संचालकहरुलाई सर्वसम्मत निर्वाचित गरेको हो।

संस्थापक समुहबाट कविता पोख्रेल ,पुरुषोत्तम घिमिरे ,श्याम बहादुर खड्का , डा. आत्माराम घिमिरे र राजेन्द्र वस्ती निर्वाचित भएका हुन। त्यस्तै ,सर्वसाधारण समुहबाट कामना होल्डिङ्गका लोचन कोइराला र स्वतन्त्र /विज्ञ संचालकमा अनुज्ञा सापकोटा निर्वाचित भएका छन् ।

नयाँ संचालक समितिले डा.आत्माराम घिमिरेलाई अध्यक्षमा चयन गरेको छ। ऊनी यसअघि प्रबन्ध संचालकका रूपमा कम्पनीमा कार्यरत थिए।

निवर्तमान अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८, र २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। समिक्षा आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरणहरु पनि सभाबाट पारित भए।

साधारणसभाले कम्पनीको चुक्ता पूंजीको ५०% बराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्दै संचालक समितिलाई त्यसको अख्तियारी प्रदान गरेको छ। कम्पनीको हालको अधिकृत पूंजी र जारी पूंजी रु. १ अर्ब ५० करोड रहेको छ।

लिवर्टी इनर्जीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिका स्थित दोर्दी खोलाको बहाव उपयोग गरी २५ मे.वा.को माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाबाट २०७९ मंसीर १७ बाट व्यवसायिक उत्पादन शुरु गरेर नियमित विद्युत बिक्री गरिरहेको छ। त्यस्तै , २४.६ मे.वा.को बडीगाड खोला जलविद्युत आयोजना ( बागलुङ ) र १.६ मे. वा. को लोदो खोला साना जलविद्युत आयोजना उत्पादन अनुमति प्राप्त गरी निर्माणका क्रममा रहेकोे छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend