सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाली कांग्रेसका नेता भण्डारी स्वास्थ्यमा सुधार आएपछि स्वदेश फिर्ता

नेपाली कांग्रेसका नेता भण्डारी स्वास्थ्यमा सुधार आएपछि स्वदेश फिर्ता

खबरब्रेकिंग, काठमाडौं, वैशाख १७ गते। नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन । भारतको मुम्बईस्थित नेशनल वर्न अस्पतालमा उपचाररत उनी आइतबार साँझ स्वदेश फर्कनु भएका हुन । त्यस क्रममा उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेता, सहकर्मी सबैप्रति आभार र धन्यवाद व्यक्त गरेका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को वर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी लागेको बताए ।
उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए । सोही घटनामा घाइते भएकी नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend