शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

६३ मेगावाटको छुजुङ्गखोला जलविद्युतमा लगानी गर्दै घलेम्दी हाइड्रो लिमिटेड

६३ मेगावाटको छुजुङ्गखोला जलविद्युतमा लगानी गर्दै घलेम्दी हाइड्रो लिमिटेड

 

१६ वैशाख ,काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडले नवौं वार्षिक साधारणसभा सम्पन्न गर्दै ६३ मेगावाट छुजुङ्ग खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पारित गरेको छ।सोही प्रयोजनको लागि कम्पनीले १:२ हकप्रद शेयर निष्कासन गर्दै पूंजी संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको छ।

सांग्रिला उर्जा प्रा.लि.द्वारा प्रवर्द्धित सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अवस्थित छुजुङ्गखोला जलविद्युत आयोजनामा ५१ भन्दा प्रतिशत भन्दा बढी हिस्सा रहने गरि
कम्पनीले आयोजना संरचनाहरु,लागत,आम्दानी ,लगायतका विषयमा अध्ययनपछि १:२ हकप्रद शेयर जारी गर्न लागेको हो। शेयर निष्कासनबाट कम्पनीको हालको चुक्ता पूंजी रु.५५ करोडबाट रु.१६५ करोड पुग्नेछ ।

कम्पनीका अध्यक्ष किशोर सुवेदीको सभापतित्वमा सम्पन्न उक्त साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। सभाले समिक्षा आ.व.को वासलात, लेखा परिक्षण प्रतिवेदन ,नाफा नोक्सान हिसाब ,नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि पारित गरेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend