शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

होटल संघ नेपालका अध्यक्षमा विनायक शाह निर्वाचित

होटल संघ नेपालका अध्यक्षमा विनायक शाह निर्वाचित

१५वैशाख ,काठमाडौं । होटल संघ नेपाल (हान)को चौधौं  अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुन् । यसअघि शाह हानको प्रथम उपाध्यक्ष थिए ।

वैशाख १५ गते सम्पन्न संघको सम्पन्न ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

साधारणसभाबाट प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन् ।

साथै कार्यसमिति सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशङ्कर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट,  रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल र गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे चयन भएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend