शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

ग्यासको मुल्य समायोजन गर्न सरकारले आँट गरोस् : कार्यकारी निर्देशक थानी

ग्यासको मुल्य समायोजन गर्न सरकारले आँट गरोस् : कार्यकारी निर्देशक थानी

१५ वैशाख ,काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानिले खाना पकाउने एलपिजी (LPG) को मुल्य समायोजन नभएसम्म पेट्रोलियम पदार्थको मुल्य समायोजन (price automation) हुन नसक्ने बताएका छन। निगमको आधिकारिक ट्रेड युनियन नेपाल आयल निगम कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै निगमले ग्यासमा उच्च घाटा बेहोरिरहेको हुनाले  यसलाई परल मुल्यमा समायोजन गर्न सरकारले आँट गर्नुपर्नेमा जोड दिए।

कार्यकारी निर्देशक थानिले निगममा व्यवस्थापनदेखि कर्मचारी र ट्रेड युनियनसम्म सबैजना राज्यको नियम,कानुन र निर्देशन बमोजिम चल्ने दुबै पक्षले हातेमालो गरेर निगमको हितमा काम गर्नुपर्ने बताए ।

नवौं राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक छविलाल अगस्तीको सभापतित्व र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोह पश्चात संघको बन्दसत्र र नेतृत्वचयन प्रक्रिया वैशाख १६ गते शनिबार सम्पन्न हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend