काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको हालै सम्पन्न २६औं वार्षिक साधारणसभाले नयाँ संचालक सदस्यहरुको नियुक्तिलाई अनुमोदन गरेको छ। त्यसअनुसार ,समूह ‘क’ मा तारागाउँ विकास समितिबाट सुरेश राज जोशी र समूह ‘ख’ बाट अरुण कुमार सराफ,सुरेश लाल श्रेष्ठ र देवेश सराफ नियुक्त भएका छन। स्वतन्त्र संचालकहरुमा श्रीबत्स शम्शेर ज.व.रा.र मनोज प्रसाद राजभण्डारी चयन भएका छन ।
साधारणसभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/०८९ को संचित मुनाफाबाट शेयर सदस्यहरुलाई चुक्ता पूंजीको ८.४२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका समिक्षा आर्थिक वर्षको वार्षिक प्रगति प्रतिवेदनलाई सभाले छलफल र सुझावसहित पारित गरेको छ। गत वर्षको वासलात,लेखापरिक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भए।
कम्पनीबाट संचालित हायत रिजेन्सी होटेलको व्यवसायमा यस वर्ष उल्लेख्य वृद्धि हुँदा खुद मुनाफा ६४३.०२% ले बढेर रु. १९.०६ करोड पुगेको प्रतिवेदनमा जनाइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend