काठमाडौं । सामाजिक संजाल देखी संसद सम्म वाइडवडी खरिदमा भारी आर्थिक चलखेल भएको भन्दै बिरोध भईरहेको छ । बिभिन्न मिडियामा यही बिषयको समाचार आईरहेका छन् । यसै बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइडवडी खरिद प्रक्रियाको विषयमा संसदीय समितिले दिएको प्रतिवेदनको आधारमा एक्सनमा जाने बताएका छन् । विमान खरिदको विषयमा हाल संसदको दुई ओटा समितिले छानबिन गरिरहेको बताईएको छ ।
ती समितिको प्रतिवेदनका आधारमा दोषी देखिएमा कसैलाई नछोड्ने बताउँदै हल्लाको भरमा कारबाही गर्न नमिल्ने उनको भनाई छ । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै पर्यटनमन्त्री अधिकारीले साँचो कुरा नबुझी हल्ला गर्नेहरुको सङ्ख्या धेरै रहेकोले त्यसतर्फ नलाग्न र सत्यतथ्य बुझेर मात्र अघि बढ्न सबैलाई अनुरोध समेत गरे । ब
पछिल्लो समय नेपाल एयरलाइन्सलाई कमजोर बनाउन केही शक्तिहरु लागिपरेको बताउदै मन्त्री अधिकारीले त्यसका लागि सरकार कडा भएर उत्रनी उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend