सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मेरा उर्जाशिल दिन त्यतिकै बितेकोमा चिन्ता छः मिश्र

मेरा उर्जाशिल दिन त्यतिकै बितेकोमा चिन्ता छः मिश्र

खबरब्रेकिंग, काठमाडौं, बैशाख ६ गते। उद्धव प्रसाद मिश्र कलाकारितामा परिचित नाम हो । उनले धेरै सन्देशमूलक टेलिफिलिम निर्माण गरिसकेका छन । उनी राजनीतिमा पनि रुची राख्छन । नेपाल सुशासन पार्टीको संस्थापक केन्द्रिय सदस्य भएर केही समय सक्रिय राजनीति पनि गरे । अहिले उनले सो पार्टीबाट कुनै पदमा नरहने गरी राजीनामा दिएर बसेका छन । हाल उनले एउटा सानो चिया पसल गरेर दिन कटाएका छन । आज उनै कलाकार मिश्र संग गरिएको छोटो संवाद जस्ताको त्यस्तै ।
मिश्र जी नमस्कार,
नमस्कार
अहिले तपाई केमा ब्यस्त हुनुहुन्छ ?
अहिले म सानो चिया पसल चलाएर बसेको छु । ब्यपार, ब्यवसाय चलाएर खान के को लाज ? हामी काम गर्न लाज मानेर पछि परेका हौं । गरेर खान लाज मान्नु हुदैन । ठगेर, ढाँटेर खान पो लाज मान्नु पर्छ । मैले चिया पसल राख्नुको मुख्य उदेश्य सबै संग भेटघाट पनि हुने र पैसा पनि आम्दानी हुने, समय कटाउने बाटो पनि हुने खास यही हो ।

चिया पसल कहाँ खोल्नु भएको छ ?

काठमाडौंको टोखा स्थित साईबाबा चोक नजिक रहेको लक्ष्मी बैंकको ठिक अगाडी मेरो चिया पसल छ । त्यहाँ आएर जसलाई सोधे पनि बताउँछन ।

चिया पसल कत्तिको चलेको छ ?

राम्रै चलेको छ । इष्ट, मित्र, दाजु भाई, दीदी बैनी सबैको आर्शिरवादले राम्रै छ । मेरो चिया पसलमा टाढा टाढा देखि मैले चिनेका कलाकार, राजनीतिक दलका नेता, प्रयाय जसो आउनु हुन्छ खुशी लाग्छ ।दिनमा तिन, चार हजारको ब्यापार हुन्छ । गुजरा चलेको छ । अब यसलाई ठूलो बनाउने सोच बनाएको छु ।
अब चिया पसल मात्र चलाउने की कलाकारिता पनि गर्ने ?

अब म चिया पसलमा मात्र सीमित हुदैन, आउदा दिनमा कलाकारिता पनि गर्छु त्यस सगै राजनीति पनि गर्छु । नसा त त्यसमा पो छ मेरो । देश र जनताको भलाईका निम्ति राजनीति गर्छु । बिकृति र बिसंगति हटाउन सन्देशमूलक टेलिफिलिम निर्माण गर्छु । मेरो जीवनको बाँकी लक्ष्य यस्तो रहेको छ ।
कलाकारिता बाट के पाउनु भयो के गुमाउनु भयो ?
तपाईले ठिक प्रश्न गर्नु भयो । मैले कलाकारिताबाट एक पैसा कमाउन सकिन बरु भएको सम्पत्ति बेचेर थुप्रै टेलिफिलिम बनाएको छु । तपाई मलाई जाने बुझेका सबैलाई सोध्न सक्नु हुन्छ । मिश्रले कमायो की गुमायो भन्ने कुरा । मैले कलाकारिताबाट नाम भने कमाए तर यो क्षेत्रवाट थुप्रै सम्पत्ति गुमाए । तर चिन्ता छैन । अहिले आएर सोच्छु , नामले मात्र नहँुदो रहेछ । समाजलाई देखाउनका लागी भए पनि धन सम्पत्ति चाहिदो रहेछ । मेरा उर्जाशिल दिन त्यतिकै बितेकोमा चिन्ता छ ।

अन्त्यमा केही भन्नु छ की ?

छैन त्यस्तो, तपाई र तपाईको लोकप्रिय संचार माध्यमबाट मेरा कुरा बाहिर ल्याइदिन सहयोग गर्नु भएकोमा बिशेष धन्यवाद दिन चाहान्छु । अरु खास केही छैन । फेरी भेटेर कुरा गरौला । धन्यवाद ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend