शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

‘आर्थिक प्रलोभनमा पारी धर्म परिवर्तन गराईदैछ’:कमल थापा

‘आर्थिक प्रलोभनमा पारी धर्म परिवर्तन गराईदैछ’:कमल थापा

१वैशाख ,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार र अन्य राजनीतिक पार्टीहरुले देशको सनातन धर्म ,संस्कृतिका साथै आर्थिक अवस्था तहसनहस पारेको आरोप लगाएका छन । राप्रपा नेपाल ,काठमाडौंले नयाँ वर्ष २०८० अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आर्थिक मन्दीको कारण सबै नेपालीको क्रयशक्ति घटेको र राजस्व पनि सबैभन्दा कम उठेको संकटपुर्ण अवस्थामा अर्थतन्त्रप्रती सरकार र राजनीतिक दलहरू गम्भीर नबनेको बताए ।

“किराँत धर्म-संस्कृति संरक्षण प्रती केहि नबोल्नेहरु अहिले कोसी प्रदेशको नामाकरण प्रति निरर्थक विरोधमा लागेका छन् ,” उनले भने ,”दलहरु आर्थिक प्रलोभनमा परि धर्म परिवर्तन गराउन लागिपरेका छन।”यही अवस्था रहेमा केहि वर्षमा नै देशको पहिचान र अस्मिता गुम्ने चिन्ता व्यक्त गर्दै देश जोगाउन सबै नेपालीहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए।

प्रतिकुल र अप्ठ्यारो अवस्थामा पनि पार्टीले बोकेको सम्बर्द्धनवादको बिचार लिएर आफुहरु देशभर पुगेको उनले बताए । राप्रपा नेपालको सबै जिल्ला र प्रदेशमा पार्टीको संरचना बनाउन सकेको उनले बताएका छन। कार्यक्रम राप्रपा नेपालका उपाध्यक्ष तथा उपत्यका समन्वय समितिका संयोजक जयकुमार खडकाको सभापतित्वमा सम्पन्न भएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend