शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बिषादी व्यवसायी संघ नेपालको आठौं वार्षिक साधारणसभा सम्पन्न

बिषादी व्यवसायी संघ नेपालको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । बिषादी व्यवसायी संघ नेपाल (PEAN)को आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघका अध्यक्ष छोटेलाल प्रसादको अध्यक्षतामा चैत २५ गते काठमाडौंमा सम्पन्न साधारणसभामा प्लान्ट क्वारेन्टाइन एवं बिषादी व्यवस्थापन केन्द्रका प्रमुख सावित्री बराल, कृषि विभागका पूर्व महानिर्देशक डिल्ली राम शर्मा ,प्लान्ट क्वारेन्टाइन एवं बिषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत महेश चन्द्र आचार्य लगायतको आतिथ्य रहेको थियो ।

साधारणसभामा प्रमुख अतिथि प्लान्ट क्वारेन्टाइन एवं बिषादी व्यवस्थापन केन्द्रका प्रमुख सावित्री बरालले संवेदनशिल सेवामूलक यो पेसा अपनाउदा लक्षित किसानवर्गमा यसको प्रयोग सम्बन्धि जनचेतना पनि सङ्गसङ्गै संचालन गर्नुपर्ने बताइन् । आगामी आर्थिक वर्षदेखि आफ्नै प्रयोगशालामा बिषादी परिक्षणको व्यवस्था गर्ने उनलेे जानकारी दिइन।

सभाका अध्यक्ष प्रसादले किसानलाई गुणस्तरीय बिषादी उपलब्ध गराउनु अती आवश्यक रहेको जनाउदै बिषादी दर्ता गर्दा कम्पनी प्रोफाइल र उत्पादन हुने देशमा त्यसको प्रयोगको अवस्था बुझेर PEAN को सिफारिसमा दर्ता गर्नु उपयुक्त बताए।

बिषादी व्यवसायी संघमा देशका विभिन्न क्षेत्रमा रहेका बिषादी आयातकर्ता , फर्मुलेटर , विक्रेता ,र बिषादी छर्कने व्यवसायी गरी करिब ५०० व्यवसायी आवद्ध रहेका छन । संघले विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाहरुसङ्ग समन्वय गरी व्यवसायीहरुको क्षमता अभिवृद्धि सम्बन्धि तालीम गराउनुका साथै म्याद नाघेका बिषादीहरुको व्यवस्थापन तथा विसर्जन गर्न नेपाल सरकारलाई नीतिनिर्माणमा सुझाव दिने गरेको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend