शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनएलजी इन्स्योरेन्स कम्पनीको १०.५२% लाभांश पारित

एनएलजी इन्स्योरेन्स कम्पनीको १०.५२% लाभांश पारित

२० चैत,काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १७ औं वार्षिक साधारण सभा सम्पन्न गर्दै प्रस्तावित १०.५२ प्रतिशत लाभांश पारित गरेको छ।

कम्पनीकाे संचालक समितिले गत वर्षकाे नाफाबाट सेयरधनीलाई १० प्रतिशत बाेनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

साधारणसभाले संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तको वासलात, आ.व. २०७ं८/७९ को नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल गरी पारित गर्ने निर्णय गरेकाे छ ।

सभाले कम्पनीको अधिकृत पूँजी १.५० अर्बबाट वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेकाे छ ।

सभाले संचालक समितिले रिक्त रहेको स्वतन्त्र संचालक पदमा कविराज अधिकारीलाई २०७९/०२/३१ गते देखि चार वर्षको लागि नियुक्त गर्ने निर्णय पनि पारित गरेकाे छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend