शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सांग्रिला डेभलपमेन्ट बैंकमा नयाँ संचालक समिति निर्वाचित; लाभांश पारित

सांग्रिला डेभलपमेन्ट बैंकमा नयाँ संचालक समिति निर्वाचित; लाभांश पारित

१७ चैत ,काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभाबाट संचालक समितिबाट प्रस्तावित ८.९७ प्रतिशत लाभांश पारित भएको छ ।

बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.५३४ प्रतिशत बोनस सेयर  र ०.४४९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

साथै, सोही साधारण सभा मार्फत संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

संस्थापक तर्फबाट उज्जवल सत्याल, सुशिल काजी बानियाँ र सुजन सिद्धि बज्राचार्य निर्वाचित भएका छन् भने सर्वसाधारणको तर्फबाट लिसा शेरचन, गंगा सागर ढकाल र नरेश ढुंङगाना निर्वाचित भएका छन् ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend