सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सलमान फोर्ब्सको सूचीमा बलिउडका नम्बर वान

सलमान फोर्ब्सको सूचीमा बलिउडका नम्बर वान

‘दबंग ब्वाई’ सलमान खानले यस बर्षभरी अर्थात २०१७ मा अरु सबै बलिउडकर्मीको भन्दा बढी कमाइ गरेछन् । फोर्ब्सले हालै जारी गरेको सूचीले यसै भन्छ । बलिउड सेलिब्रेटीमा सलमान सबैभन्दा अगाडि रहेको फोब्र्सको सूचीले देखाएको छ । यसपटक उनले आफुलाई बलिउडको सुल्तान सावित गरे, भारु २ सय ३२ करोड आर्जन गरेर । फोर्ब्सले टप १०० सेलिब्रेटीमा सलमानको नाम राखेको छ ।

सर्वाधिक कमाई गर्ने बलिउड सेलिब्रेटीको दोस्रो पंक्तिमा छन्, शाहरुख खान । उनले भारु एक सय ७० करोड कमाएका छन् । शाहरुखलाई पच्छ्याएका छन्, विराट कोहलीले । क्रिकेटर कोहलीले यस बर्ष सय करोड भारु आर्जन गरेका छन् । अब पालो आउँछ खिलाडी ब्वाईको । खिलाडी ब्वाई अक्षयको कुल कमाई भारु ९८ करोड छ ।

उनीपछि क्रमस सचिन तेन्दुलकर, आमिर खान, प्रियंका चोपडा, महेन्द्र सिंह धोनी र हृतिक रोशन छन् । दशौं स्थानमा रणवीर सिंह अटाएका छन् । मिस्टर परफेक्शनिस्ट आमिर खान यस सूचीमा छैठों नम्बरमा छन् । सातौ नम्बरमा प्रियंका छिन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend