शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले सम्पन्न गर्‍यो “10K ROAD RACE 2023”

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले सम्पन्न गर्‍यो “10K ROAD RACE 2023”

 

११चैत ,काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले आफ्नो नियमित विविध खेलकुद गतिविधि अन्तर्गतको”10K ROAD RACE 2023″ सम्पन्न गरेको छ। गणेशमान सिंह फाउन्डेसन अन्तर्गत रहेको कमिटीको यस दौड प्रतियोगिताको प्रमुख अतिथिको रूपमा नेपाली काङ्ग्रेसका नेता तथा सांसद प्रकाशमान सिंहको उपस्थिति रहेकोे थियोे ।

स्पोर्ट्स कमिटीका संयोजक संजिव तुलाधरको संयोजकत्वमा सम्पन्न उक्त प्रतियोगितामा महिला तथा पुरुषतर्फबाट गरि करिब ४०० सहभागीहरु रहेका थिए। दुबैतर्फ उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना धावकलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरियो। महिला तथा पुरुषतर्फ प्रथम स्थान प्राप्त गर्ने सहभागीलाई सम्मानसहित रु.६० हजार प्रदान गरिएको थियो।

प्रतियोगितामा पुरुषतर्फ प्रथम पाँचमा आउने सहभागीमा क्रमशः मुकेश पाल(प्रथम ,T.A.C.), गोपीचन्द्र पार्की (A.P.F.), दिपक अधिकारी (T.A.C.), सञ्जय श्रेष्ठ (T.A.C.) र Simion Kipagat Too (Kenya) रहेका थिए । त्यसैगरी ,महिलातर्फ प्रथम पाँचमा क्रमशः राजपुरा पछाई(प्रथम ,N.P.C.), राममाया बुढा (N.P.C.), पुष्पा भण्डारी (A.P.F.), पुर्णलक्ष्मि न्यौपाने (T.A.C.) र विन्दा धन्के श्रेष्ठ (A.P.F.) रहेका थिए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend