काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनको ५३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । एशोसिएसनका अध्यक्ष इ. डा. हरि बहादुर दर्लामीको अध्यक्षतामा फागुन २७ गते सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

साधारणसभामा सदस्यहरुले राखेका प्रश्न र जिज्ञासाको संस्थाका महासचिव इ. रवि भुषणले सम्बोधन गरेका थिए । कार्यक्रममा अध्यक्ष बलामीले एक वर्षको अवधिमा इन्जिनियर स्टाफ कलेज स्थापनासम्बन्धि धेरै प्रगति गरिएको ,इन्जिनियर भवनमा ट्रेनिङ्ग हलको व्यवस्थापन गरिएको , इन्जिनियरहरुको प्लेसमेन्टमा काम गरिएको , एशोसिएसनको खर्च कटौतिको प्रयास गरिएको लगायतका काम गरिएको जानकारी दिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend