काठमाडौं , २७ फागुन । स्वस्तिश्री गुरुकुल स्कुलले प्रथम ओपन रोड रेस २०७९ सम्पन्न गरेको छ। काठमाडौंका विभिन्न स्कुलमा अध्ययनरत १६ वर्षमुनिका विद्यार्थीहरु सहभागी रहेका उक्त दौड प्रतियोगिताको उद्घाटन कीर्तिमानि धावक वैकुण्ठ मानन्धरले गरेका थिए । मानन्धर कार्यक्रमका प्रमुख अतिथि रहेका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १० जना छात्राछात्रहरुलाई नगद पुरस्कारसहित सम्मान गरियो। प्रथम , द्वितीय र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीलाई क्रमशः रु. २५,०००, रु. २०,००० र रु.१५,००० पुरस्कार रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वैकुण्ठ मानन्धरले खेलकुदलाई देश चिनाउने माध्यम बनाउनुपर्ने र विद्यालयहरुले राम्रो शिक्षाका साथै विद्यार्थीहरुलाई असल संस्कार सिकाउनुपर्नेमा जोड दिए। विद्यालय संचालक समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकारले स्वस्तिश्री गुरुकुल स्कुलको शिक्षा ,संस्कार र खेलकुदमा उत्कृष्ट मानक प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्याब्सन अध्यक्ष डिके ढुङ्गाना, नागार्जुन नगरपालिका वडा न. २ का अध्यक्ष ठुमराज केसि लगायतको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend