शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाल फार्मास्यूटिकल एसोसिएसनको अध्यक्षमा ललित मोहन पन्त , नयाँ कार्यसमितिको सपथग्रहण सम्पन्न

नेपाल फार्मास्यूटिकल एसोसिएसनको अध्यक्षमा ललित मोहन पन्त , नयाँ कार्यसमितिको सपथग्रहण सम्पन्न

  • शुक्रबार, २६ फाल्गुन २०७९

काठमाडौं , २६ फागुन। नेपाल फार्मास्यूटिकल एसोसिएसनको तेइसौँ निर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्य आज सम्पन्न भएको छ। एसोसिएसनको फागुन २० गते सम्पन्न अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गरेको थियो। अध्यक्षसहित सबै पदाधिकारीहरु मतदानबाट चुनिएका हुन।

निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा ललित मोहन पन्त , खुल्ला तर्फबाट उपाध्यक्षमा देवानन्द शाह र अमृत गाँराँ , महिला उपाध्यक्षमा संजिता विष्ट, महासचिवमा संजिव शर्मा कट्टेल रहेका छन् । त्यसैगरी सचिवद्वय विवेक श्रेष्ठ र केदार प्रसाद शाह , कोषाध्यक्ष मोपिना राई ,सहकोषाध्यक्ष निर्मल राज मरासैनी , सदस्यहरुमा मनोज भट्टराई ,सृष्टि प्रजापति र सौभाग्य डंगोल रहेका छन् ।

नवनिर्वाचित २३औं कार्यसमितिको कार्यकाल ३ वर्षको रहेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend