काठमाडौं । आफनो चौँथो वार्षिकोत्सव एवं विश्व मृगौला दिवस २०२३ को अवसरमा मार्क ईन्टरनेशनल किड्नी सेन्टरले विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ । यसै सन्दर्भमा “स्वास्थ्य मृगौला स्वस्थ जीवन अभियान ” मार्फत सेन्टरले स्वास्थ्य क्षेत्रमा जनचेतना फैलाउन पहल गरेको छ।
मृगौला स्वस्थ राख्न अपनाउने पर्ने जीवनशैलीलाई सहज गराउन यो संस्था आफनो सेवा सुविधाका साथ सधै तत्पर रहँदै आएको जनाएको छ ।
नेपाली समाजमा मृगौला रोगको जनचेतना फैलाउने कार्यमा सदा अग्रसर रहेको यस संस्थाले मृगौला रोगका साथ साथै अन्य रोगहरुको पहिचान एवं रोकथाम सहज तरिकाले गराउनका लागि आवश्यक कदम चलाउदै आएको बताएको छ ।
संस्थाले फागुन २५, २६ र २७ गते यस संस्थाले निम्न कार्यक्रमहरु संचालन गर्न लागेको जनाएको छ।
कार्यक्रमहरु :
• Walk-O-Thon २५ गते बिहिबार
समय : विहान ७ बजे स्थान: दरवारमार्ग
नि शुल्क मृगौला परिक्षण शिविर २५ र २६ गते
स्थान: मार्क इन्टरनेशनल किड्नी सेन्टर, सरकारी धारा चौक, लाजिम्पाट समय : विहान १० बजे देखि अपहान्ह ५ बजे सम्म
नि शुल्क वृहत स्वास्थ्य परिक्षण शिविर एवं रक्तदान कार्यक्रम : २७ गते शनिबार
स्थान: नारायण चौर, नक्साल ।
समय: बिहान ८ बजे देखि अपान्ह २ बजे सम्म
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend