शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले चैत्र ९ गतेदेखि कारोबार गर्ने

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले चैत्र ९ गतेदेखि कारोबार गर्ने

काठमाडौं । मर्जरमा गएका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकिकृत कारोबार आगामी चैत्र ९ गते देखि हुने भएको छ । उक्त कम्पनीहरुको कारोबार सानिमा  रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट हुने भएको हो ।

मर्जरपछि बन्ने नयाँ कम्पनी बनाउँन दुईवटा इन्स्योरेन्स कम्पनीहरु बराबर हैसियतमा मर्जरमा गएका हुन् । गत आर्थिक वर्षको अन्तिम समयमा मर्जरमा जाने पक्का पक्की गरेर प्रारम्भिक सम्झौता तय भए अनुसार रिलायन्स लाइफको तर्फबाट संचालक भरतकुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए ।

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी पाँच अर्ब रुपियाँ तोकेको अवस्था छ । मर्जरपछि उक्त कम्पनीको चुक्ता पुँजी चार अर्ब १० करोड रुपियाँ पुग्नेछ ।

मर्जरमा जानको लागि यी दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका थिए । दुई कम्पनी एक आपसमा मर्ज हुने प्रस्तावलाई फागुन १२ गते सम्पन्न दुबै कम्पनीको साधारण सभाले पारित पनि गरिसकेको छ ।

हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १० करोड रुपैयाँ नाघ्ने छ । जुन नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) ले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend