काठमाडौं । लामो समय सम्म बस्न नसकेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालयको बैठक मंसिर ६ गते बस्ने बताईएको छ । नेताहरुको कार्यव्यस्ताले वैठक बस्न नसकेको भन्दै वैठक सारिदै आईएको थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड बीच छलफल पछि सचिवालयको बैठकको मिति तय भएको पार्टीले जनाएको छ । ६ गते बस्ने सचिवालयको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने र केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउने विश्वास लिइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend