खबरब्रेकिंग, काठमाडौं, २०७९ फागुन ९ गते । राष्ट्रिय शैक्षिक परामर्श संघको चौथो वार्षिक साधारण सभा काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको छ। साधारण सभा मार्फत वार्षिक प्रगति प्रतिवेदन, वार्षिक आर्थिक प्रतिवेदन र आगामी कार्य योजना बहुमतले पारित गर्दै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्य समितिको अध्यक्ष सन्तोष प्याकुरेल, उपाध्यक्षहरू भुपेन्द्र सिटौला र रमण कोइराला, महासचिव दिपक कोइराला, सचिवहरू प्रधुम्न बोगटी र सुभेन्द्र थापा, कोषाध्यक्षमा रबिन्द्र थापा र सदस्यहरूमा सूर्य पोख्रेल, प्रतिक्षा श्रेष्ठ, त्रिलोचनअधिकारी, कमला बस्नेत, ध्रुब थापा, केशब सिम्खडा र अशोक भण्डारी रहेका छन्।
कार्यक्रमको प्रमुख अथिति नेपालको लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क, अथितिहरूमा नेपाल अभिभावक महांसंघका अध्यक्ष सुप्रभात भण्डारी, ब्रिटिस काउन्सिलका प्रतिनिधि, आइडिपी आइइएलटी यसका प्रतिनिधि लगायत विभिन्न शैक्षिक परामर्श संघका प्रतिनिधिहरू रहेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend