सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रचण्डले म्याग्दीबाट सरकारको काम बारे यसो भने

प्रचण्डले म्याग्दीबाट सरकारको काम बारे यसो भने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अव छलाङ मार्ने बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको काम र पार्टी एकताको गति अब बढ्ने बताए । ‘

प्रदेश, जिल्ला र स्थानीय तहसम्मकै एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको बताए । मुलुकलाई राजनीतिक स्थायित्वमार्फत विकास र समृद्धि दिन दुई ठूला कम्युनिस्ट पार्टी एक भएको चर्चा गर्दै प्रचण्डले सरकार जनअपेक्षाअनुसार अघि बढ्ने दाबी गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता प्रचण्डले जनताको पक्षमा काम गर्न अनुकूल वातावरण बन्दै गएको बताए । ‘बर्खा र चाडपर्वको समय सकिएको छ, प्रधानमन्त्रीज्यूले पनि मन्त्रालयहरूको प्रगतिबारे अनुगमन थालेको समेत बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend