शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

४२.१०% लाभांश वितरण गर्दै रिडी पावर कम्पनीको २१औं साधारणसभा सम्पन्न

४२.१०% लाभांश वितरण गर्दै रिडी पावर कम्पनीको २१औं साधारणसभा सम्पन्न

काठमाडौं, २०७९ फागुन १ गते । रिडी पावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको २१औं साधारण सभाबाट आ.व. २०७८/७९ को सञ्चालक समितिको बार्षिक प्रतिवेदन तथा लेखा परीक्षणको प्रतिवेदन पारित भई आ.व. २०७८/७९ को लागि लेखा परीक्षक नियुक्ति गरिएको छ भने शेयरधनीहरुलाई आ.व. २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ४२.१० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने भएको छ ।

रिडी पावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापना भई नेपालमा जलविद्युत आयोजनाहरुको विकास, निर्माण र संचालन गर्न उद्देश्यले नेपालीहरुको लगानीबाट संचालित कम्पनी हो । रिडी पावर कम्पनी लिमिटेडको शेयर मिति २०७४/३/२२ मा नेपाल स्टक एक्सचेञ्जमा सुचिकृतभई कारोबार शुरु भएको हो ।

यस कम्पनीले गुल्मी तथा पाल्पा जिल्लाको सीमाना भई बहने रिडी खोलाको पानी उपयोग गरी २.४ मेगावाट क्षमताको रिडीखोला जलविद्युत आयोजना निर्माण गरि सफलता पूर्वक संचालन गरिरहेको छ भने कम्पनीले आप्mनो लगानी विविधिकरण गर्ने योजना अनुरुप कम्पनीले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा ८.५ मे.वा. क्षमताको बुटवल सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरि मिति २०७७ कात्तिक १५ गते बाट व्यवसायिक उत्पादन सुरु गरेको छ ।

यसै गरि साविक रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लि. लाई गाभे पश्चात यस कम्पनीको मातहतमा ताप्लेजुङ र पाँचथरको सिमाना भई वहने ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाका साथै धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा अवस्थित ५०० किलोवाट क्षमताको रैराङ खोला साना जलविद्युत आयोजना गरि कुल २१.३० मेगावाट क्षमताको आयोजनाहरु सञ्चालन गरिरहेको छ ।

यसै गरि रिडी कम्पनीलेसाझा पावर डेभलपमेन्ट कम्पनी प्रा.लि. मार्फत सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिकामा बलेफिखोलामा २० मेगावाट क्षमताको तल्लो बलेफि आयोजना निर्माण गर्न उक्त कम्पनीको शेयर खरिद गर्ने प्रस्ताव पारित भएको छ ।

कम्पनीले आगामी दिन जलाशय प्रकृतिका नयाँ आयोजनाहरुको खोजि गरी पिकिंङ समयको लागि विद्युत आपूर्ति गर्ने उद्देश्य लिई आयोजनाहरुको खोजि कार्य भइरेको छ । त्यसैगरी कम्पनीले अन्य कम्पनीले सञ्चालन गरेको आयोजनाहरुलाई मर्जर मार्फत आकर्षण गर्ने नीति अवलम्बन गरेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend