शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अरुण भ्याली हाइड्रोपावरको २५औं साधारणसभा सम्पन्न

अरुण भ्याली हाइड्रोपावरको २५औं साधारणसभा सम्पन्न

२७ माघ ,काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २५ औं साधारणसभा सम्पन्न भएको छ । माघ २७ गते  सम्पन्न साधारणसभाबाट  ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश पारित भएको हो ।

त्यसै गरी साधारणसभाबाट कम्पनीले निर्माण गर्न लागेको बुदुम खोला जलविद्युत अयोजना (१४.५०) मेगावाटको लागि ऋण स्वीकृत लगायतका एजेण्डामाथि छलफल गरी पारित गरिएको छ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ माघ १८ गते बुकक्लोज गर्ने निर्णय गरेको थियोे । त्यसैले माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend