सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अञ्जली दिदीले लगाइदिइन् झण्डै २ सय भन्दा बढीलाई भाइटीका

अञ्जली दिदीले लगाइदिइन् झण्डै २ सय भन्दा बढीलाई भाइटीका

  • शुक्रबार, २३ कार्तिक २०७५

आफना दिदी बहिनी नभएका मानिसहरुले यस बर्ष पनि साझा दिदी अन्जली मास्केको हातबाट भाइटीका लगाएका छन् । मास्केले करिब २ सय जनालाई टीका लगाइदिएकी हुन्। उनले सगुन भने २०८ जनालाई तयारी गरेकी थिइन्। विसं २०५५ देखि अञ्जली दिदी र अञ्जली दिदीकी दिदी रेणु मास्के प्रधान मिली सामूहिक भाइटीका लगाउँदै आएका छन्। मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो। मास्केले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाएर सयपत्री फूलको माला, सप्तरङ्गी टीका लगाइदिँदै आशीर्वाद दिएकी थिइन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend