सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्घाखाँचीमा चितुवा आतंक रोक्न प्रहरीसहितको टोली परिचालन

अर्घाखाँचीमा चितुवा आतंक रोक्न प्रहरीसहितको टोली परिचालन

केही समय देखी अर्घाखाँचीमा चितुवाले हैरानी दिएको छ । त्यहाका मानिसलाई डर मात्र होईन चितुवाले बालबालिकाको ज्यान लिए पछि केटाकेटी कसरी बचाउने हो भन्ने चिन्ताले सताएको छ । चितुवाको आक्रमण रोक्न प्रशासनले प्रहरी र स्थानीयबासीलाई परिचालन गरेर नियन्त्रणको प्रयास जारी राखेको जनाएको छ ।

केही दिन अघि मात्रै भूमिकास्थान नगरपालिका ९ ढिकुरामा मदन घिमिरेका ४ वर्षका छोरा आर्यनको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार स्थानीयसहित ४० जना प्रहरीको टोली स्थानीय सामुदायिक वनमा परिचालन गरिएको छ । उनीहरुले बस्ती नजिकको जंगलको झाडी सफा गर्ने र चितुवालाई पासोमा पार्न खोर राख्ने काम गरेका छन् ।

वन प्राविधिकहरुसँग सल्लाह गरेर ढिकुरा, किमडाँडा र कुर सामुदायिक वनमा थप तीन वटा खोर राखेको बताईएको छ । विगत पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सबै २ देखि १५ वर्ष उमेर समूहका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend