सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सरकारको काम बारे प्रचण्डको बुटवल बाट यस्तो उद्घोष

सरकारको काम बारे प्रचण्डको बुटवल बाट यस्तो उद्घोष

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पहिला जस्तो ढिलासुस्ती तरिकाले सरकरले काम नगर्ने दावी गरेका छन् । बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पहिला सरकारको परिस्थिति अर्कै भएको बताउदै अव सरकारको कामले फड्को मार्ने बताए । उनले अब सरकार ‘फूल फ्लेज्ड’मा काम गर्ने दावी गरे ।

उनले सरकारले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन धेरै ध्यान दिनुपरेकाले कामको गति थोरै सुस्त भएको तर्क गरे । उनले अब सरकारले जनअपेक्षा अनुरुप काम गर्ने भन्दै उनले सबैले सहयोग गर्नुपर्ने बताए । उनले पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन केही ढिलाई भएको स्वीकार्दै विवादका कारण ढिलाइ भयो भनेर दुष्प्रचार भइरहेको बताए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend