११ माघ, काठमाडौं । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वर बाहिर प्रेमप्रसाद आचार्यले आफैंलाई आगो लगाएर आत्महत्या गरेको घटनामा राज्य जिम्मेवार रहेको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ ।



युवाहरुको बृहत समूहले आचार्यले आत्महत्या गर्नुमा राज्य दोषी रहेको भन्दै प्रदर्शन गरेका हुन् । लेखक, पत्रकार, विद्यार्थीलगायत विभिन्न पेशामा आवद्ध रहेका युवाहरू सहभागी रहेकाे साे प्रद्धर्शनमा ‘याे देश हाे कि वधशाला?, अर्काे जल्दाे शरीर मेराे नहाेस्, उद्यमशील नेपाल नारा मात्रै हाे? , प्रेमप्रासद आचार्यकाे परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हाे सरकार? , याे आत्महत्या हाेइन हत्या हाे?, ठुला व्यापारि कस्काे आश्रयमा?, स्व.आचार्यका २५ बुँदे माग पूरा गर’ लगायतका पम्प्लेट बाेकेका थिए।उनीहरुले आचार्यले राखेका मागहरु सरकारले पूरा गर्नुपर्ने बताएका छन् ।

उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेकाथिए ।र्याली नयाँ बानेश्वरसम्म आएपछि कोणसभा पनि गरिएको थियो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend