बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

हरिबहादुर बिसीको पुस्तक ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक

हरिबहादुर बिसीको पुस्तक ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक

काठमाडौं १० माघ । हरिबहादुर बिसीको पुस्तक नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म विमोचन भएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा जनसार्क समन्वय मञ्च नेपालले पत्रकार सम्मेलन गर्दै बिसीको पुस्तक सार्वजनिक गरेको हो । लेखक बिसी जनसार्क समन्वय मञ्चको अध्यक्षसमेत रहेका छन् ।

कार्यक्रमका वक्ता विशिष्ठ अतिथि त्रिचन्द्र क्याम्पसका इतिहास विभागका विभागीय प्रमुख प्रा।डा गोविन्दमानसिंह कार्कीले लेखक बिसीको पुस्तकमा पृथ्वीनारायण शाहको पालादेखि आजसम्मको घट्नाक्रम समेटिएको भन्दै उक्त पुस्तक गाइडबुक भएको बताए । यो पुस्तक आन्दोलनको इतिहास भएको उनको दाबी छ ।

साथै, पुस्तकमा योगमायाको जीवनीको बारेमा चर्चा गरिएको उनले बताए । यो पुस्तकले नेपालको इतिहास लेखनमा एउटा छुट्टै इतिहास स्थापना गरेका उनको ठम्याँइ छ । कार्यक्रमका विशिष्ठ अतिथि यादव खरेलले प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने काम लेखक बिसीबाट भएको भन्दै उनको प्रसंशा गरे । ‘यो टिम बसेर गर्नु पर्ने काम, प्रज्ञा प्रतिष्ठानले गर्नु पर्ने काम हो । एक जनाले मात्रै यतिधेरै कुरा र तथ्याङ्कहरु भएको पुस्तक ल्याउनु भएको छ,’ गरेलले भने ।

कार्यक्रमका प्रमुख अतिथि भैरव रिसालले लेखक बिसीको पुस्तक अत्यन्त उपयोगी रहेको भन्दै उनको लेखनीको प्रसंशा गरे ।

कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ पत्रकार रिसाल रहेका थिए भने विशिष्ठ अतिथिमा गीतकार एवं साहित्यकार यादव खरेल, त्रिवीअन्तर्गत त्रिचन्द्र क्याम्पसका इतिहास विभागका विभागीय प्रमुख प्रा।डा गोविन्दमानसिंह कार्की, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला योजनाविद् एवं शिक्षाविद् बुद्धिबहादुर बुढाथोकी रहेका थिए ।

विं।स। २००१ सालमा उदयपुरमा जन्मिएको विसी निजामतिको सेवाको उपसचिव सम्म बनेका थिए । उनले शिक्षण पेशामा पनि करिव तीन वर्ष बिताएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend