स्वास्थयमा समस्या देखिएपछि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्रीको छातीमा समस्या देखिए पछि उनलाई अस्पतालमा राखी उपचार गरिएको छ । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने चिकित्सकहरुले बताएका छन् । संक्रमण बढ्नसक्ने भन्दै आफन्त तथा शुभचिन्तकसँगको भेटलाई रोक लगाइएको छ । प्रधानमन्त्री अस्पताल भर्ना भएसँगै नेता, मन्त्री, कार्यकर्ता, शुभेक्षुकहरु अस्पताल पुगिरहेका छन् । तर अस्पतालले भने प्रधानमन्त्रीको स्वास्थ्यलाई ध्यान दिँदै प्रधानमन्त्रीसँग भेट्न रोक लागाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend