सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल र मलेशिया सरकार बिच यस्तो भयो श्रम समझदारी

नेपाल र मलेशिया सरकार बिच यस्तो भयो श्रम समझदारी

लामो समय सम्म हुन नसकेको नेपाल सरकार र मलेसिया सरकारबीच श्रम समझदारी भएको छ । नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले समझदारी पत्रमा हस्ताक्षर गरे । यो समझदारी अनुसार नेपाली कामदार निशुल्क मलेशिया जान पाउने बताईएको छ ।

हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने जनाईएको छ । यो सम्झौताले नेपाली कामदारलाई ठुलो लाभ मिल्ने सरकारको दावी छ । कामदारलाई लेभी पनि लाग्ने छैन ।मलेसिया जाने कामदारको करार अवधि भने ३ वर्षबाट दुई वर्ष कायम गरिएको छ ।

अब कामदारको तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ भने मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने श्रम मन्त्रालयले जनाएको छ ।

अब रोजगारदाताले वासथानका साथै व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ । कामदार विमानस्थलमा पुगेको ६ घन्टाभित्र गन्तव्य स्थलमा लैजानुपर्ने छ ।कामदार र रोजगारदाताबीच कुनै विवाद भई मुद्धा विचाराधीन रहेसम्म मलेसियामा नै बस्न पाइनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend