सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रोजगारी संरक्षण हुने गरी ऐन कानुन बनाउन यातायात समन्वय समितिको माग

रोजगारी संरक्षण हुने गरी ऐन कानुन बनाउन यातायात समन्वय समितिको माग

नेपाल सार्वजनिक यातायात केन्द्रीय समन्वय समितिको चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । दर्सै तिहार र छठपर्वको अवसरमा भेटघाट कार्यक्रम आयोजना गरेको आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै समन्वय समितिका संयोजक होम प्रसाद अधिकारीले आफुहरुले गठन गरेको यो संस्थाले व्यवसायी र यात्रु सवै पक्षको हितमा काम गर्ने बताए ।

साथै अधिकारीले अहिले व्यवसायी माथि चौतर्फी रुपमा प्रहार भएको भन्दै राज्यले यातायात क्षेत्रले गरेको योगदानको मूल्याङकन गर्न समेत आग्रह गरे । अहिले बाटोमा टाफिकले आफनै मनोमानी तरीकाले चिट काटने देखी चालकलाई दुख दिने गरेको भन्दै दुख पोखे । साथै समितिले औधोगिक व्यवसाय ऐन, सवारी ऐन, करार ऐन सहकारी ऐन अन्तर यातायात सेवालाई मर्यादित रुपमा राष्टिय पुजी र रोजगारी संरक्षण हुने गरी निति नियम र ऐन कानुन बनाउन पनि सरकार संग माग गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend