सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पहिरो पिडितलाई मन्त्री बाँस्कोटाले पठाए राहत सामाग्री

पहिरो पिडितलाई मन्त्री बाँस्कोटाले पठाए राहत सामाग्री

मण्डनदेउपुर, काभ्रेपलाञ्चोक । नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं १०, चिनेस्वराका १९ घर पहिरो पिडितलाई सहयोग स्वरुप राहत सामाग्री पठाउनु भएको छ । सो सहयोग सामाग्री नेकपाका नेता विदुरप्रसाद सापकोटासहितको टोलीले हस्तान्तरण गरे ।

सहयोग सामाग्री प्रदान गरि हाम्रा माननीयले दुःखका दिनमा सम्झेकोमा खुशी लागेको बताउदै पिडित मध्येका एक पदमबहादुर तामाङले भने “अब हामीलाई दीर्घकालिन रुपमा बस्ती सार्न सहयोग गर्नुहोला भन्ने आशामा रहेको बताए । २०७२ सालको भुकम्पले थिलथिलो भई बस्ती सार्न भन्दा पनि कोही कसैले नसुनेको तर आगामी दिनमा मन्त्रीज्यूले हामी पिडितलाई पक्कै सहायता गर्नुहुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।”

सो सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा मण्डनदेपुर नगरपालिका कार्यपालिका सदस्य रुद्रबहादुर तामाङ, गिता नेपाल, नेकपा नेताहरु ध्रुवप्रसाद काफ्ले, सुभद्रा नेपाल, शेरबहादर डोटेल, केशवप्रसाद सापकोटा, तुलसी नेपाल, होमप्रसाद चौलागार्ई, सुमन नेपाल, गणेशप्रसाद नेपाल, यादवप्रसाद नेपाल, कृष्णप्रसाद नेपाल, प्रकाश नेपाल, चिनबहादुर तामाङ, तुलबहादुर तामाङ, अर्जुनबहादुर नेपाल, नानु नेपाललगायतको सहभागिता रहेको थियो ।

मण्डनदेउपुर वडा नं १० का वडा सदस्यहरु कामसिं तामाङ, रामबहादुर तामाङ तथा बाटे अछामीकोसमेत उपस्थिति रहेको थियो । गत साउन २२ गते राती गएको अविरल वर्षासँगैको पहिरोमा परि हेमबहादुर तामाङका १८ महिने छोरा दीपक तामाङको ज्यान गएको थियो भने १९ घरधुरी विस्थापित भएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend