भक्त केसी
आफ्ना बाबा(आमा, श्रीमान(श्रीमती, छोरा(छोरीलाई भूमिका, महिला र पुरुषलाई हेर्ने फरकफरक सस्कार छ । श्रीमान बाहिरी काम गर्छन् र घरको काम गर्न रुचि राख्दैनन्।श्रीमान श्रीमती मध्ये लामो समयदेखि यसका लागि घरको पारिवारिक वातावरण यस्तो हुनुपर्छ, जसले कुनै तनाव, बेचैनी, दुख पैदा हुन्छ भने घर बनाउने योजना पुरा गर्न गार्यो पर्छ । त्यसका लागि मिलेर जग्गा किन्न सकेसम्म श्रीमान श्रीमती दुवैको सहमतिमा हुनुपर्छ साथै बालबालिकालाई उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हो ।
शिशु तथा बालबालिका हुर्काउने काम अत्यन्त संवेदनशील विषय भएकोले अभिभावकहरूमा यस बिषयको विशेष ज्ञान तथा सीपको आवश्यकता पर्दछ । जसबाट उनीहरूले आफ्ना शिशुलाई स्नेहपूर्ण व्यवहार गर्न, कुराकानी गर्न, सरसफाइ गर्न, पोषिलो खाना खुवाउन, र भेदभावरसजायरदुर्व्यवहार नगरी आत्मविश्वासका साथ लालनपालन गर्न सक्षम हुनुपर्छ माया, उत्प्रेरणा, स्वास्थ उपचार, पोषिलो खाना, सकारात्मक सोच अनुशासन र सहयोग तथा प्रारम्भिक सिकाइले उल्लेखनीय व्यवस्था र अवसर दिन सक्छन् ।नारी समयअनुसार आमा,श्रीमती, छोरी, बुहारी सबैका लागि नारीको प्रमुख भूमिका हुन्छ।भनिन्छ नि, श्रीमान श्रीमती भनेको एक रथका दुई पांग्रा हो सबैभन्दा ठुलो भूमिका श्रीमतीको रहन्छ जीवनमा महुत्वपूर्ण भूमिका छ । छोरी , बुहारी, आमा हुदै बृद् हुन्छन , छोरा ( छोरीहरुको पालनपोषणमा आमाबुवाको भूमिका निर्वाह अनिवार्य छ ।जीवनस्तरका लागि एकछिनका लागि हामीहरुले सोँचौं कसै न कसैका बाबु श्रीमान श्रीमती छोरा छोरी हामी आफ्ना घर परिवार, आफन्त, छिमेकी र समाजका रहन्छौं ।शिक्षाले व्यक्ति र परिवारको जीवन स्तरमा परिबर्तन ल्याउछ , जस्तै(स् शिक्षा, स्वास्थ्यकर घर, जीवन जिउने उत्तम मार्ग प्राप्त हुनाले जीवन यात्रा सहज हुने छ ।खुसी परिवार खुसी भन्ने कुरा व्यक्ति विशेषमा अति सामान्य र विपन्नावस्थामा जन्मेहुर्केका मानिस पनि आफ्नो लगनशीलता, मेहनत, अध्ययन र कार्यले ख्यातिप्राप्त बनेका छन्। अमेरिकाका अब्राहम लिंकन, भारतका भीमराव अम्बेडकर गरिबी र असहज सामाजिक परिस्थितिमा जन्मेहुर्केका थिए। तर मेहनत, लगनशीलता र संकल्पले दुवैले ख्यातिप्राप्त गरे र आफ्नो विद्वता र कर्मले आजसम्म पनि स्मरणीय छन्। जस्तोसुकै कठिन परिस्थिति आए पनि आफ्नो उद्देश्यमा प्रतिबद्ध रहन आवश्यक छ भन्ने महान् व्यत्तिहरूको जीवनको ले शिक्षा दिन्छ।व्यक्तिको लक्षले कति व्यापक प्रभाव पार्न सक्छ भन्ने कुराको भने ठूलो महत्त्व हुन्छ र त्यसले तात्विक अन्तर पार्छ। सकारात्मक मनोवृत्ति नकारात्मक दृष्टिकोण व्यक्तिको लक्षले परिवार सामाजमा कति व्यापक प्रभाव पार्न सक्छ भन्ने कुराको ठूलो महत्त्व हुन्छ र त्यसले तात्विक अन्तर पार्छ। व्यक्तिको लक्ष र लक्षित काम सम्पन्न हुँदा वा गर्दा परिवार, समुदाय, गाउँ, देश र विश्वमा के प्रभाव पर्छ भन्ने कुराले त्यसको महत्त्व निर्धारण गर्छ। लक्ष निर्धारण विभिन्न अवस्थामा हुन्छन्। कसैले सुरुमै केही लक्ष राखेर काम गर्छन्। कोही काम गर्दै जाँदा आएका घटना र भोगेका समस्याबाट प्रभावित भएर नयाँ लक्ष सिर्जना गर्छन्। कोही सामान्य जीवन व्यतीत गर्दै गर्दा नयाँ सोच विकास भएर अगाडि बढेका हुन्छन्। कुनै जिज्ञासु स्वभावका कारण नयाँनयाँ खोजमा समर्पित हुन्छन्। विभिन्न अवस्था र कारण हुन्छन्, जसले मानिसको बाटो निर्धारण गर्छ। मानिसले लिने लक्ष, उद्देश्य या संकल्प र ती पूरा गर्न गरिने कर्म र त्यसको परिणामले संसार अगाडि बढेको छ। नयाँनयाँ सिर्जना भएका छन् र हुँदै जानेछन्।
प्रायः मानिस अरूको प्रसिद्धि र सफलताबाट प्रभावित हुन्छन् र आफू पनि त्यस्तै बन्ने चाहना जाग्छ। यो आफैंमा नराम्रो पनि होइन। तर त्यस्तै बन्नका लागि तदनुरूपको रुचि, ज्ञान, मेहनत, लगनशीलता आवश्यक हुन्छ। रुचि र ज्ञान नभईकन अर्को जस्तै बन्छु भनेर लाग्दा असफल मात्र हात लाग्छ। रुचि र ज्ञान भएन भने मेहनत र लगनशीलता पनि हुँदैन। कुनै काममा रुचि जाग्दैन भने त्यसलाई छाडी अर्को रुचिअनुसारको काम गर्न आफूलाई तयार गर्नुपर्छ, अन्यथा असफलताका कारणले जीवनप्रति निराशा हुन थाल्छ।
संसारमा कुनै एउटा काम मात्र अब्बल होइन। सबैको उत्तिकै महत्त्व छ। सानो होस् कि ठूलो आफूले गरेको काम सम्पन्न हुँदा वा त्यसले परिणाम दिँदा मानिस खुसी हुन्छ। कामको सफलता, असफलतालाई जीवनको सफलता, असफलतासँग जोड्ने पनि गरिन्छ।सफल जीवन त्यो होस जो सत्य र निष्ठामा प्रतिबद्ध हुन्छ, बहुजन हितकारी हुन्छ, अनुकरणीय हुन्छ। त्यसको जीवन सफल छ । ज्ञान प्राप्त गर्नु, नयाँनयाँ सिर्जना गर्नु, जीव र जगत्का रहस्यको खोजी गर्नु, पत्ता लगाउनु, समाज सेवा गर्नु, परोपकार गर्नु, अन्यायविरुद्ध संघर्ष गरेर न्याय स्थापना गर्नु आदि धेरै क्षेत्र छन्, जसमा मानिसले रचनात्मक कार्य गरेर, त्यो कार्यमा आफूलाई समर्पित गरेर जीवनलाई उद्देश्यमूलक बनाउँछ।
मानिसले सबैलाई ढाँट्न सक्छ, आफूलाई ढाँट्न सक्दैन। जस्तोसुकै कठिन परिस्थिति आए पनि आफ्नो उद्देश्यमा प्रतिबद्ध रहन आवश्यक छ भन्ने महान् व्यक्तिहरूको जीवनले शिक्षा दिन्छ। त्यसैले जसको जीवनले मानिसलाई पछिसम्म पनि प्रेरणा र शिक्षा दिन्छ, बाटो देखाउँछस त्यही जीवन सार्थक हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend