काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
पुष २२ गतेको सुनुवाइमा गृहमन्त्री लामिछानेलाई सांसद र मन्त्रीको रुपमा काम गर्न रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश जारी नगर्ने आदेश दिएको हो ।
लामिछानेलाई कामकाजमा रोक लगाउन माग गर्दै परेको रिट निवेदन परेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend