काठमाण्डौं २२ पुस । आज सर्वदलीय बैठक बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमेशर जबराले सभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न आज सर्वदलीय बैठक बोलाएका छन् ।
संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।
बैठकले सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend