सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपालको असन्तुष्टी सम्बोधन गर्न नेकपाको ‘हाइकमाण्ड बैठक’ बस्ने

नेपालको असन्तुष्टी सम्बोधन गर्न नेकपाको ‘हाइकमाण्ड बैठक’ बस्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको बिवाद मिलाउन नेताहरु  वैठक बस्ने भएका छन् । यसअघि प्रदेश कमिटी पदाधिकारी चयन र जिल्ला नेतृत्व चयनमा केपी शर्मा ओली पक्षले एकलौटी गरेको भन्दै माधव नेपाल पक्षले असन्तुष्ट पोख्दै आएका छन् ।

साथै माधव नेपालले कमिटी पदाधिकारी चयनमा असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गर्दै आएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल लगायतको असन्तुष्टि सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक  बस्ने भएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि सचिवालय बैठक बोलाईएको हो । यसअघि सचिवालय बैठकले गरेको प्रदेश कमिटी पदाधिकारी चयन सम्बन्धी निर्णयमा माधव नेपालले असहमति जनाउँदै स्थायी कमिटी बैठक माग गरेका थिए ।

सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने स्रोतले जनाएको छ । प्रदेश कमिटीका सदस्यहरुको चयन तथा जिल्ला र स्थानीय तहका कमिटीहरुको एकीकरण सम्बन्धी मापदण्डमा संशोधन गर्ने गरी सचिवालय बैठकमा प्रस्ताव पेश हुने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend