काठमाडौँ २० पुस । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताबीच वार्ता सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी गरेसँगै गठबन्धनका नेताहरु छलफलमा जुटेका हुन्।
बुधबार अपरान्ह वार्ताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend